
४ कार्तिक,
जनाकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय पर्साका प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न र कालोमोसो दलेर नगर परिक्रमा गराएका छन ।
अविरल वर्षाको कारण जानकपुरधाम जनमग्न भएपछि ढल निर्माणमा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर नगर घुमाएका छन ।
कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए ।
प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन । मेयर साहलाई समेत कारबाही गर्ने उनीहरूले चेतावनी दिए ।
मेयर साह भने प्रदर्शनकारीबाट लुकेर बासेका छन ।





