
४ कार्तिक,
बाँके । डुुडुवा गाउँपालिकामा धान बोकेको डल्लव(बैल गाडा) पल्टिदा एक जना गम्भिर घाइते भएका छन ।
घाइतेहुनेमा, डुडुवा गाउँपालिका वडा नं. ३ हलबलडोलीमा बस्ने बडकउ खाँ को छोरा ४ वर्षिय हसन मोहम्मद खाँ घाइते भएका हुन ।
डल्लवमा धान बोकेर नेपालगंज वडा नं. २१ को बिर्ता गाउँ आउने क्रममा डल्लव पल्टेर दुर्घटना भएको हो । दुर्घटना घटनास्थमा एक राँगाको मृत्यु भएको छ ।
घाइते बालकको उपचारको लागि नेपालगन्ज अस्पताल लगिएको छ ।





