
४ कार्तिक,
कैलाली । टिकापुरमा बाघको आक्रमणबाट एक जना घाईते भएका छन ।
बाघको आक्रमणबाट घाईते हुनेमा, कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं.५ नुक्लीपुरमा बस्ने २२ वर्षिया दिपक चौधरी घाईते भएका हुन ।
दिउंसो २ बजेको समयमा साथीहरुसंग कर्णाली नदीमा आएको बाढी हेर्न जाने क्रममा टिकापुर पार्कको जङ्गल नजिक चौधरीलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट चौधरीको दाहिने काधँमा २ वटा प्वाल परी घाईते भई स्थानिय टिकापुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, उनी संगै भएका अन्य ४ जना सकुशल रहेको जनाएको छ ।





