
२० बैशाख,
काठमाडौँ। सरकारले सुकुमबासी बस्ती हटाएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले विराेध प्रदर्शन गरेको छ ।
आइतबार माइतीघर मण्डलामा नेकपा माओवादीले विरोध प्रदर्शन गरेको हो। भूमिहीन र सुकुमबासी जनतामाथि सरकारको अमानवीय दमन र श्वेत आतङ्क विरुद्ध विरोध प्रदर्शन गरिएको नेकपा माओवादीले जनाएको छ ।
जनताको भूमिमाथिको अधिकार ग्यारेन्टी गर,क्रान्तिकारी भूमिसुधार लागू गर,गरिबमारा लुसिफर सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध प्रदर्शन गरिएको हो।
सरकारले उपत्यकाका सुकुमबासी बस्ती हटाइरहेकाे छ।








