
१५ बैशाख,
बाँके — जिल्ला बाँकेको जमुनाह नाकाबाट अवैध रूपमा भारतबाट ल्याइएका बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१५, जमुनाह क्षेत्रमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेका ७८ वटा बोईलर कुखुरा बरामद गरेको हो। उक्त कुखुराको तौल अन्दाजी २३४ किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बरामद गरिएका कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज बाँकेमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा निगरानी बढाउँदै आएको जनाएको छ।








