१० बैशाख,

बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दिया बाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।

बर्दिया जिल्ला अदालतको २०८२ फागुन १५ गतेको फैसला अनुसार “पुनः चलान चलाइ पाउँ” मुद्दामा सजाय तोकिएका तीन जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी बस्ने ३० वर्षीय कृति सिंह चौधरी, ५३ वर्षीया धरौती थरुनी र २८ वर्षीय राजकुमार थारु रहेका छन्। उनीहरूलाई जनही ६ हजार ६६६ रुपैयाँ ६६ पैसा जरिवाना तोकिएको थियो। प्रहरीले उनीहरूलाई घरमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले लागूऔषध (ब्राउन सुगर) मुद्दामा फरार रहेका अर्का एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा मधुवन नगरपालिका–८ टिसन बस्तीगाउँ बस्ने २८ वर्षीय विकास चौधरी रहेका छन्। उनलाई बर्दिया जिल्ला अदालत बाट जारी अनुसूची–२२ को पक्राउ पुर्जीका आधारमा लालीबजार क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कारवाहीका लागि बर्दिया जिल्ला अदालत मा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख