
६ बैशाख,
बर्दिया । बर्दियामा एम्बुलेन्सले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका–७ डिभिजन वन कार्यालय नजिक योग गर्न जान लागेका पैदलयात्रीहरुलाई कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले बिहान सवा ५ बजे ठक्कर दिएको थियो ।
गुलरिया नगरपालिका–७ बस्ने ५५ वर्षीय भुमीराज लामिछानेलाई उपचारको लागि नर्सिङ होम नेपालगन्ज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै दुर्घटनामा परी उनका ५ वर्षीय नातीको पनि मृत्यु भएको छ ।









