२६ चैत्र,

बाँके – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलको कार्यालयबाट आइपुगेको काठमाडौँ प्रहरीले जनाएको छ ।

काठमाडौँ परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीले अदालतको आदेश अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओली चैत १४ गते शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन् ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले ओलीलाई पक्राउ गरेको हो।

चैत २३ गते सर्वोच्च अदालतले ओली र गृहमन्त्री रमेश लेखक लाई हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो।

प्रतिक्रिया

सम्बन्धित ख