२५ चैत्र,

बाँके – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे झुटा प्रचारबाजी भएको दाबी गरेका छन्।

सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार काठमाडौँ जिल्ला अदालतले बुधबार उनी र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाबिरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

देउवा दम्पत्ति अहिले हङकङमा छन्।

देउवाको सामाजिक सञ्जालबाट बुधबार बेलुका जारी गरिएको सन्देशमा उनले लेखेका छन्- म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु।

उनले आफू र आफ्नो परिवारको बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी पाएको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकका रूपमा रहेको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्- ‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ।’

उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न आफू गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरेको पनि उल्लेख गरेका छन्।

उनले आफू अहिले स्वास्थ्य उपचारका निम्ति विदेशमा रहेको तथा उपचारको क्रम जारी रहेको पनि बताएका छन्।

देउवाले लेखेका छन्- ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित ख