२५ चैत्र,

सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा लागूऔषध, अवैध हातहतियार तथा विष्फोटक पदार्थ नियन्त्रणका लागि ‘के-नाईन’सहित विशेष प्रहरी चेकिङ् तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

भेरीगंगा नगरपालिका–०५ स्थित बबई चेकपोष्टमा इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक प्रकाश कुमार के.सी.को नेतृत्वमा ट्राफिक प्रहरी तथा ‘के-नाईन’ शाखा कोहलपुर, बाँकेका प्रहरी नायब निरीक्षक खडक सिंह धामीको कमाण्डमा खटिएको टोलीले सवारी साधनहरूको सघन जाँच गरेको हो।

उक्त टोलीले तालिमप्राप्त दुई वटा कुकुरको प्रयोग गरी सिमा नाकाबाट भित्रिन सक्ने लागूऔषध, अवैध हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार रोक्न लक्षित चेकिङ् गरेको जनाएको छ।

यससँगै प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा पुगेर लागूऔषध दुरुपयोग नियन्त्रण तथा सुरक्षा सचेतना सम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रहरीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख