Armed Police Force Nepal ले आफ्ना कर्मचारीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा थप कडाइ गर्ने निर्णय गरेको छ। मुख्यालयबाट जारी सन्देशअनुसार विभिन्न सामाजिक सञ्जाल (फेसबुक, मेसेन्जर, ट्विटर, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, युट्युब लगायत) मा पोशाकसहित वा हतियारसहित फोटो तथा भिडियो पोस्ट गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

जारी निर्देशनमा सशस्त्र प्रहरीका कर्मचारीहरूले सामाजिक सञ्जालमा संगठनको छवि असर पर्ने गतिविधि नगर्न विशेष आग्रह गरिएको छ। यदि कसैले पोशाक वा हतियारसहित फोटो/भिडियो पोस्ट गरेको पाइएमा तत्काल हटाउन लगाइने र आवश्यक परे कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, संवेदनशील विषयसँग सम्बन्धित कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने स्पष्ट पारिएको छ। यस्ता गतिविधि दोहोरिएमा सशस्त्र प्रहरी नियमावली अनुसार कडा कारबाही हुने बताइएको छ।

मुख्यालयले सबै विभाग, इकाइ तथा प्रशिक्षण संस्थाहरूलाई समेत उक्त निर्देशन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, उल्लंघन गर्ने कर्मचारीको विवरण सम्बन्धित निकायमार्फत मुख्यालयमा पठाउन पनि भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख