सुर्खेत :
सुशीला रेग्मी✍️
सिम्ता गाउँपालिका ले पोषण सहायक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको प्रारम्भिक छोटो सूची (Shortlist) सार्वजनिक गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय राकमले सूचना प्रकाशित गर्दै बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सहायक चौथो तहको पोषण सहायक पदमा करार सेवाका लागि माग गरिएका आवेदनमध्ये योग्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको जनाएको हो।

सूचनाअनुसार यसअघि प्रकाशित विज्ञापनका आधारमा प्राप्त आवेदनहरू मध्ये छनोट मापदण्ड अनुसार योग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीमा समावेश गरिएको छ। उक्त सूची नेपाली वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ।

एक पदका लागि ८ जना उम्मेदवार छनोट

प्रकाशित सूची अनुसार पोषण सहायक (सहायक चौथो तह) को १ पदका लागि कुल ८ जना उम्मेदवार प्रारम्भिक चरणमा छनोट भएका छन्।

अब के हुन्छ ?

प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरूलाई आगामी छनोट प्रक्रियामा सहभागी गराइनेछ। अन्तिम नतिजा भने थप परीक्षा तथा मूल्यांकनपछि सार्वजनिक गरिने जनाइएको छ।

गाउँपालिकाले सम्बन्धित सबै उम्मेदवारलाई सूचना ध्यानपूर्वक अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख