१६ चैत्र,

बाँके – राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु  र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’

झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससकाे अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख