
१६ चैत्र,
बाँके — विशेष सूचनाको आधारमा प्रहरीले कोहलपुरबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
चैत १४ गते कोहलपुर नगरपालिका–१५ चौधरीया गाउँस्थित सोम कुमार थारुको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो।
जाँचका क्रममा सोही स्थानका २७ वर्षीय सोम कुमार थारुलाई शुद्ध तौल ६ ग्राम १८० मिलिग्राम ब्राउन सुगरजस्तो खैरो धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका थारुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।









