३ चैत्र,

बाँके : खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै अवैध कारोबार र कालोबजारी भइरहेको सूचना पाए तुरुन्त जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर बजारमा ग्यास लुकाउने, अत्यधिक मूल्यमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधि बढेको गुनासो आएपछि विभागले यस्तो आग्रह गरेको हो।

विभागले ग्यासको अवैध कारोबार सम्बन्धी कुनै सूचना वा जानकारी भए निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरेर जानकारी दिन उपभोक्तालाई अनुरोध गरेको छ।

पछिल्ला दिनमा बजारमा खाना पकाउने ग्यास लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने घटना बढेको पाइएपछि उपभोक्ताको सहयोग मागिएको विभागले जनाएको छ।

यसैबीच, विभागले ललितपुरको हरिसिद्धि क्षेत्रमा ग्यास लुकाएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगको गोदामबाट लुकाएर राखिएका ६ हजार ३७७ थान ग्यास सिलिण्डर फेला परेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख