८ फागुन,

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनलाई साधारण तारेख दिइएको छ। सर्वोच्च अदालत ले उक्त रिटलाई आगामी फागुन २२ गतेका लागि साधारण तारेख तोकेको हो।

रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार फागुन २१ गते हुने निर्वाचनको भोलिपल्ट अर्थात् फागुन २२ गतेलाई तारेख दिइएको हो। यसअघि कात्तिक १२ गते संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेका सांसद तथा नेपाली काँग्रेस ले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरुले दायर गरेको रिटमा विपक्षीहरूसँग लिखित जवाफ मागिएको थियो। विपक्षी बनाइएकाहरूबाट लिखित जवाफ पेश भए पनि अदालतले हालसम्म साधारण तारेख मात्रै दिएको छ। यस अवधिमा प्रारम्भिक सुनुवाइ मात्र सम्पन्न भएको र थप सुनुवाइको मिति भने अझै निर्धारण भएको छैन।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको दाबी गर्दै निर्णय बदर गर्न माग गरिएको छ। साथै वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई असंवैधानिक रूपमा पदमा नियुक्त गरिएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णयसमेत बदर गर्न मागदाबी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख