
१७ माघ,
बाँके । बाँके प्रहरीले तास खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका ३७ वर्षीय सन्तोषकुमार गोडियासहितका व्यक्तिहरू छन् ।
शुक्रबार (माघ १६) बेलुका गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख १० हजार ७४५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












