९ माघ,

बाँके । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आफूनिकट केही नेतासँग छलफल गरेपछि उक्त निर्णयमा पुगेको जानकारी दिएका हुन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका भट्टराईले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको पुष्टि गरेका हुन्।

भट्टराई यसअघि पनि गोरखा–२ बाट निर्वाचित भइसकेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्दै उम्मेदवारी नदिने घोषणा गरेका थिए। यसपटक पनि सुरुमा चुनाव नलड्ने योजना बनाएका भट्टराई मनोनयन दर्ता हुनुभन्दा दुई दिनअघि गोरखा पुगेपछि उम्मेदवारी दिएका थिए।

उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्नेबारे भट्टराईले हालसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन्।

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

सम्बन्धित ख