८ माघ,

बाँके — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ।

बाँके जिल्लामा रहेका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी जम्मा ६१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार उजुरी नपरेपछि सबै उम्मेदवारको उम्मेदवारी वैध ठहर गर्दै कायम गरिएको हो।

निर्वाचन अधिकृत कार्यालयका अनुसार बाँके जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन्। यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन सम्बन्धी तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख