
१९ पुस,
ताप्लेजुङ : ताप्लेजुङ केन्द्रविन्दु बनाएर शनिबार बिहानै ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको फलैँचा आसपास केन्द्र बनाएर शनिबार बिहान ६ः१३ बजे भूकम्प गएको हो।
भूकम्प छिमेकी जिल्लामासमेतमहशुस गरिएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि गत मङ्सिर २८ गते मनाङको ठोचे आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो।








