१६ मंसिर,

बैजनाथ । पूर्वपतिसँग होमस्टेमा बस्न गएकी एक महिलाको शव नजिकैको जङ्गलमा गाडिएको अवस्थामा फेला परेको छ। बैजनाथ गाउँपालिका–२ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पूर्वपत्नी, खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मंसिर ९ गते राति मिनी गाभर होमस्टेमा बसेका थिए।

तीन दिनसम्म सम्पर्क नभएपछि खोजतलासका क्रममा देबिसराको शव होमस्टे नजिकैको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको घाँटीमा पासो लागेकाे जस्तो देखिएको र घटनालाई शंकास्पद मानेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

घटना भएको तीन दिनपछि आरोपी नारायण परियार स्वयं इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका छन्। उनले घटनासम्बन्धी जानकारी दिएको र सोही आधारमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख