१५ मंसिर,

बाँके : निर्वाचन आयोगले मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरिएको जनाएको छ।

मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन मतदानस्थलको पुनरवलोकन गरेको आयोगले जनाएको छ।

यसबाट यसअघि कायम रहेका १० हजार ८९२ मतदानस्थलमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ।

मतदानस्थल पुनरवलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका काम सम्पन्न भएको आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख