१४ मंसिर,

काठमाडौँ – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। प्रभु ग्रुपअन्तर्गत सञ्चालन भएको प्रभु म्यानेजमेन्ट फन्डमार्फत भएको भनिएको गैरकानुनी वित्तीय कारोबारको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।

यसअघि पनि नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजु पक्राउ परिसकेका छन्। उनीहरूलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन २०५८अन्तर्गतका कसूरमा दर्ता परेका उजुरीका आधारमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट ९ लाख ९९ हजार ५ सय रुपैयाँका दरले पटक–पटक रकम जम्मा भएको शंका गरिएको छ।

सीआईबीका अनुसार रेमिट कारोबारको नाममा एकै दिन ठूलो परिमाणमा शंकास्पद रकम जम्मा भएको तथा रेमिट भुक्तानीका आवरणमा हुण्डीमार्फत प्राप्त रकमलाई मिलान गरिएको देखिएको छ।

सीआईबीले यस प्रकरणमा कुसुम लामासहित संलग्न व्यक्तिबारे व्यापक रूपमा अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख