२० असार,

काठमाडौं : राजीनामा दिने भन्दै बालुवाटार पुुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन्।

सरकारमा रहेको सबभन्दा ठूला दल एमालेले समेत समर्थन फिर्ता लिइसकेको अवस्थामा राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए। नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ।

तर, प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन सहयोग मागेपछि पार्टीमा छलफल गर्ने भन्दै फर्किएको बताइएको छ ।

रास्वपाबाट उपप्रधान सहित गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री छन्।

प्रतिक्रिया

सम्बन्धित ख