मिति २०८१।०२।०९ गते जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगंज उप-महानगर पालिका २ सेतु बि.क.चोक स्थित भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले, टच (screen touch mobile display) ९२३ (नौ सय त्याईस) पिस जम्मा अन्दाजी मुल्य रु.२३,०७,५००।–(त्याईस लाख सात हजार पाँच सय) बराबरको मोबाईल डिस्प्ले फेला पारी बरामद गरेको छ। त्यसै गरी नेपालगंज उप-महानगर पालिका वडा न. १४ चौलिका स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको लत्ता कपडा , मोबाईलका डाटा केबलहरु, चस्मा लगाएतका समानहरु अन्दाजी मूल्य रू ५, ४७, ९०० (पाँच लाख सड्चालिस हजार नौ सय) बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित ख