बाँके, गोविन्द भण्डारी
बाँकेको राप्ती सोनारी गाउँपालिकामा धैरै क्रसर उद्योग मापडण्ड विपरित सञ्चालन भएका छन्। जसमध्ये २०८१-१-१ गते देखी परुवा खोलामा सञ्चालनमा आएको नवदुर्गा प्रोसेसिङ्ग प्रा.लि ले मापडण्ड नै पुरा नगरी सन्चालन गरेको स्थानियले बताएका छन्।२०८०/१०/२१ गतेका दिन २४५ जना व्यक्तिको उपस्थितिमा बसेको पेरानी, खल्लागाउँ टोलबासी एवं घण्टेश्वरी सामुदायिक बन उपभोक्ता समूहका उपभोक्ताहरुको भेलाले गरेको निर्णयानुसार घण्टेश्वरी सामुदायिक बन उपभोक्ता समूहको प्लट नं. ४ नजिक परुवा खोलाको किनारामा नदीजन्य पदार्थ प्रशोधन उद्योग संचालन हुन लागेको र उक्त कार्य संचालन भएमा स्थानीय बासिन्दा, सामुदायिक बन र बन्यजन्तुलाई समेत बातावरणीय असर पर्ने भएकोले सो उद्योग संचालन गर्न समुदाय स्तरवाट कुनै सहमति नभएको प्रमाण बाँके अपडेटले प्राप्त गरेको छ।
सिक्टा सिंचाई आयोजना, नेगं.को ठेक्का नं SIP/PHW/NCB-01/079-80 अन्तर्गत वडा नं. ८ स्थित परुवा खोलामा निर्माणाधिन सिंचाई हेडवर्क कार्यका लागि श्री पि.एस. निर्माण सेवालाई निर्माण सामग्री उपलब्ध गराउन अस्थाई क्रसर जडान गर्न ईजाजत दिइएकोमा विवाद उत्पन्न भएका कारण राप्ती सोनारी गाउँपालिकाको कार्यालयले अस्थाई क्रसर जडान कार्य स्थगन गरेको थियो।तर वडा न. ८का पूर्व वडाध्यक्ष खुम बहादुर बस्नेतको टिमले गाउँपालिकाको आदेशलाई नमानेर मनोमानि ढंगबाट क्रसर सञ्चालन गर्ने गरेको स्रोतले बताएको छ।त्यस विषयमा वडा न. ८ का वडाध्यक्ष सालीक राम डाँगि सँग बुझ्दा पूर्व वडाध्यक्षको क्रसर भएको र आफ्नो कार्यकालमा मापडण्ड विपरित क्रसर संचालन गर्न आफुले अनुमति नदिएको र आफूलाई केही थाहा नभएको जस्तो गरी यसबारेमा बुझाउँला भन्ने प्रतिक्रिया दिएका छन्। पूर्व वडाध्यक्ष खुम बहादुर बस्नेतले २०७४ सालमा आफ्नो कार्यकालमा दर्ता गराएको र अहिले आफु जनप्रतिनिधी नभएको बेलामा उद्योग संचालनमा ल्याउन लागेको राप्ती सोनारी ८ का वडाध्यक्ष सालीक राम डाँगिले बाँके अपडेट बताएका छन्। स्थानियहरुको विरोध हुँदा हुँदै आफ्नै बलबुता लगाएर गाउँपालिकाको मिलेमतोमा दर्ता गराएको स्थानिय बासीको आरोप छ।स्थानिय बासीले वातावरणिय असर पर्छ मापडण्ड पनी पुगेको छैन भनि विरोध हुँदा सोही वडाका पूर्व वडाध्यक्ष खुम बहादुर बस्नेतले आफ्नै मनोमानि रुपमा क्रसर उद्योग खोलेको स्थानियले बाँके अपडेट मिडियालाई बताएका छन्। जहाँ क्रसर उद्योग स्थापना गर्न लागिएको छ त्यहाँ त्यसको क्षेत्रफल पनी नपुग्ने र घन्टेश्वरी सामुदायिक वन सँग पनी जति मापडण्डमा दुरी हुनु पर्ने हो त्यसको पनी कुनै मापडण्ड पुरा भएको छैन भनि स्थानियले बताएका छन्। जति मात्रामा क्रसर उद्योग खोल्नलाई चाहिने क्षेत्रफल हो त्यो नपुगेर घन्टेश्वरी सामुदायिक वनको क्षेत्रलाई पनी च्याप्ने गरी उद्योग सञ्चालन गर्ने गरी अघि बढेको देखिन्छ। स्थानियको आग्रह अनुसार सोही उद्योगमा आउने कच्चा पदार्थ कहाँ बाट कसरी आउँछ भनि बाँके अपडेटको टिम टिप्परको पिछा गर्दै राप्ती नदी सम्म पुग्दा राप्ती नदीमा पनी मापडण्ड विपरित नदी उत्खनन् गरेको पाइएको छ। यस विषयमा क्रसर उद्योगका सञ्चालक पूर्व वडा अध्यक्ष संग बुझ्दा खोला आफ्नो जग्मा पर्ने भएकाले तटबन्ध माथि उद्योग स्थापना गरेको साथै घण्टेश्वरी सामुदायिक वनको क्षेत्रफल ओगट्न नपर्ने जिकिर गरेता पनी क्रसर उद्योग खोल्न पुरा गर्नु पर्ने मापडण्ड पुरा गरेको देखिदैन्। “ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन। मापदण्ड, २०७८ स्वीकृत गर्ने विषयको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२-०७९/१/४ को प्रस्ताव म.प.वै.सं. १/०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषद्‌को बैठकमा पेश हुँदा “मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेश गर्ने” निर्णय भएअनुसार मिति २०७९/१/२२ मा बसेको मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट परिमार्जन भएबमोजिम “ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापनसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९” स्वीकृत भएको थियो।तर बाँकेको परुवा खोलामा सन्चालनमा ल्याउन लागिएको क्रसर उद्योगले मापदण्ड नै पूरा नगरी पावर र पहुँचको भरमा सञ्चालन का साथै खोला उत्खनन् गर्ने गरेको स्थानियले बताएका छन् ।स्थानियको विरोध हुँदा हुँदै केही युवाहरुलाई रोजगार दिने आश्वासन देखाएपछी युवाहरु विरोध बाट पछाडि हटेपछी उक्त क्रसर सञ्चालन गरेको स्थानियले बाँके अपडेटलाई बताएका छन।यसरी खुलेआम मापडण्ड विपरित नदी उत्खनन् गरी नयाँनयाँ क्रसर उद्योगहरु खोलिरहँदा समेत राप्ती सोनारी गाउँपालिका कार्यालय , जिल्ला समन्वय समिति बाँके, जिल्ला प्रशासन कार्यालय बाँके, राजस्व अनुसन्धान कार्यालय बाँके तथा नेपाल सरकारको गृहमन्त्रालय ले अहिले सम्म कुनै एक्सन लिएको देखिदैन भनि स्थानियले बाँके अपडेटलाई बताएका छन्। यस भन्दा पहिले रबि लामिछाने गृहमन्त्री हुँदा मापडण्ड विपरित सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग बन्द गराएका थिए भने अहिले नयाँ खुलेका साथै पुराना मापडण्ड विपरित सञ्चालन गरेका क्रसर उद्योगहरु अहिले फेरी रबी लामिछाने गृहमन्त्री भएका बेलामा यस कार्यलाई रोक्छन कि निरन्तरता दिन्छन हेर्न बाँकी नै छ।

प्रतिक्रिया

सम्बन्धित ख