१२ चैत,

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने उनले बताए।

उनले संविधानको भाषा उत्पीडन रही रहोस् भन्ने नभए पनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबीसमेत गरे। सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको अर्को दाबी पनि गरे।

उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए। उनले दलित भनेर छुवाछुत गर्ने कुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए। सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे।

“मान्छेले जंगली व्यवहार गर्ने, मानवले अमानवीय व्यवहार गर्ने त्यो व्यवस्था गर्नेमाथि कारबाही हुने व्यवस्था गरौँ। यो संविधानमा भएको दलितको अधिकार र कर्तव्य भन्ने समाप्त गर्नुपर्छ‚ जतिसक्दो छिटो संशोधन गर्नुपर्छ‚’ उनले भने‚ ‘भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ। छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ।’

प्रतिक्रिया

सम्बन्धित ख