
सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझदुई जनालाइ नियन्त्रणमा लिएको छ ।सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपतिमाध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो । नक्कली नोट सहितनियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायि घर भएका वर्ष ३०का माेहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय माेहम्मद राज शेख रहेका छन् ।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरकानक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एकहजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ । उनिहरुलाइ बरामद सामान सहीत ईलाका प्रहरी कार्यालयलाहानमा बुझायको छ ।








