२० पुस

बाँके । केही दिनयता तराईमा शीतलहर तथा हुस्सुका कारण अत्यधिक बढेको चिसोले जानकीका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।

बाँकेमा पौष १८ गतेदेखि अत्यधिक चिसो बढेपछि बिहीवारदेखि दुई दिनका लागि जानकीका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्णय गरिएको हो ।

जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले बुधबार एक विज्ञप्ति प्रकाशित गरि शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पौष २१ र २२ गते सम्पूर्ण विद्यालय बन्द गरिएको जनाइएको छ ।

बदलिँदो मौसमले अध्यधिक चिसो बढेपछि विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सामुदायिक, मदरसा तथा निजी विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख