
बर्दिया मधुबन नगरपालीका ४ कुमरा घाट स्थित बबई नदी किनार बाट अनुमती बिना नदीजन्यपदार्थको उत्खनन तथा ओसारपसार भईरहेको छ भन्ने सुचना को आधार मा प्रहरी को गस्ती टोली ले बालुवा उत्खनन गरी बिक्री गर्न लैजाने क्रममा भे २ त ५९५ र भे २ त १५०६ नम्बर को ट्याक्टर र ट्याक्टर चालकहरुलाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारबाहीको लागि आजै मधुबन नगरपालिका को
कार्यालयमा बुझाईएको प्रहरी ले जनायको छ।









