आसन्न मंसिर ४ गते हुने प्रतिनिनि सभा तथा प्रदेशसभा निर्वाचनको चर्चा सुरु भएको छ । बाँकेमा प्रतिनिधीसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवाहरुको चर्चा हुन थालेको छ ।  सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुने अवस्थामा एउटै पार्टीभित्र पनि एक भन्दा बढि दाबेदारहरु देखिएका छन् ।

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक सहित, कृष्ण केसी, नेपाली काँग्रेसका पोषण केसी, माधवराम खत्री र जिल्ला सभापति नारायणप्रसाद गौडेलको नाम चर्चामा रहेको छ । उनीहरु मध्येबाट प्रतिनिधीसभा र प्रदेशसभामा उम्मेदवार बनाइने नेताहरुको भनाई छ ।
प्रदेशमा नेता बलराम शर्मा, फुलाराम थारुको पनि चर्चा छ ।

यसैगरी नेकपा एसबाट अशोक कोइरालाको चर्चा छन ।

एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य ढकाल, जिल्ला सचिबालय सदस्य र बाँके क्षत्र न.१ को संयोजक प्रभाबसाली युवा नेता बलराम भट्टराई र पुर्ब सांसद देवराज भार संघीय सांसदका दावेदार रहनुभएको छ । यसैगरी प्रेम भुसाल, सोहनलाल यादव, तुलसीराम थारु लगायत प्रदेश सांसदको दावेदारको रुपमा देखिएका  छन् ।

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट अथकले ३१ हजार १७३ मत प्राप्त गरि विजयी भएका थिए । काँग्रेसका खत्रीले २८ हजार २१७ र संघीय समाजवादी फोरमका लालवहादुर शाहले चार हजार ५८८ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेश क मा वाम गठबन्धनका तर्फबाट कृष्ण केसीले  १३ हजार ४३६ मत प्राप्त गरी विजयी भएकि थिइन । काँग्रेसका शरदचन्द्र वर्माले १० हजार २४० र फोरमका कमसर खाँले चार हजार ५५३ मत प्राप्त गरेका थिए । यसैगरी प्रदेश ख मा वाम गठबन्धनका तर्फबाट एमालेका आरती पौडेलले १९ हजार ३८९ मत प्राप्त गरि विजयी भएकी थिइन ।नेपाली काँग्रेसका गौडेलले १५ हजार २०५ मत प्राप्त गरेका थिए ।

सत्ता गठबन्धन भएमा गठबन्धनको तर्फबाट प्रचण्डका नजिकका पात्र अथक चुनाबमा होमिने देखिन्छ । त्यसैगरि प्रतिपक्षमा नेकपा एमाले बाट सुर्य ढकाल,देबराज भार र बलराम भट्टराईको सम्भावना बराबर जस्तै देखोएको छ । अझ जनतामाझ परिचित ब्यक्तीको रुपममा बलराम भट्टराई र सुर्य ढकाल मध्य एक ले पाउने एमाले पार्टी स्रोत बताउछ ।

प्रतिक्रिया

सम्बन्धित ख