११ साउन,

बाँके । न्याय परिषद्ले २७ जना जना न्यायाधीशको लागि आवेदन माग गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गरि योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन परिषद्ले आह्वान गरेको हो ।

संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुकले न्यायाधीश नियुक्ति प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को अनुसूची १ बमोजिमको ढाँचामा अनुसूची २ बमोजिम स्वघोषणा समेत संलग्न गरी आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।

कानुन व्यवसायीमध्येबाट आवेदन दिने व्यक्तिले निर्देशिकाको दफा ५ को उपदफा २ (ग) बमोजिमको प्रक्रिया पूरा गरेको हुनुपर्ने न्याय परिषदले जनाएको छ ।

हेर्नुहोस सुचनामा

प्रतिक्रिया

सम्बन्धित ख