दाङ

दाङमा ३ बर्षिय बालिका बलात्कार पछि ढुङ्गाले हानेर फालेको अबस्थामा फेला परेकि छन ।

दाङ जिल्ला बवई गाउँपालिका वडा नम्बर ५ बस्ने सबिना बिक कि छोरी बर्ष ३ कि सन्या बिक लाई बलात्कार पछि ढुङ्गाले हानेर फालेको अबस्थामामा फेला पारेको पिडित बालिकाको हजुरबुवा तिलक बिकले बताएका छन ।

बालिकालाई ७ गते शनिबार दिउँसो करिब १ बजे घर बाट उठाएर जङ्गल नजिकै लगि बलात्कार गरि मार्ने उदेश्यले ढुङ्गाले हानी मरेतुल्य अबस्थामामा फालेको आफन्तको भनाइ छ । बालिकालाई करिब साझाको ७ बजे घर बाट नजिकैको जङ्गलको झाडिमा पानी….पानी… भन्दै गरेको अबस्थामामा फेला पारेको बताइएको छ । बलात्कार पछि बालिकाले कानमा लगाएको सुनको मुन्द्रा समेत चोरी लगेको बालिका का आफन्तले बाके अपडेट मिडिया लाई बताए ।

उक्त बलात्कारको आरोपमा दाङ बवई गाउँपालिका वडा नम्बर ५ खैरीबोटका करिब बर्ष १५ का शिबु परियार लाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ

बलात्कृत बालिकालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको छ । बालिकाको टाउको र अँखामा गहिरो चोट रहेको र यौनी बाट समेत रगत आएको एक चिकित्सकले बताए । तर बलात्कार गरेको हो या होइन भन्ने कुरा परिक्षण पछि मात्र एकिन गर्न सकिने चिकित्सकको भनाइ छ ।

उक्त बालिकाको स्वास्थ अबस्थामाको बारेमा जानकारी लिन र घटना बारे बास्तबिकता बुझ्न ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपि ऐन बहादुर मल्ल उपचार कक्षमा नै गइ जानकारी समेत लिएका छन । यस घटना बारे थप अनुसन्धान दाङ प्रहरीले गर्ने डिएसपि मल्लले बताए ।

यस घटना बारे दाङ प्रहरीले आधिकारिक कुनै सुचना भने दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित ख