
२३ जेठ,
एजेन्सी । भारतिय बलिउड अभिनेता सलमान र उनका पिता सलिम खानलाई ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ ।
आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ ।
मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ ।





