
१ जेठ
बाँके । जानकी गाउँपालिका वडा नम्बर १ अध्यक्षमा जनता समाजवादी पार्टीका मोहम्मद रजा राई विजयी भएका छन् ।
नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै वडा अध्यक्षमा राई निर्वाचित भएका हुन् ।
राईले १ हजार १ सय ७४ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी वर्माले ८ सय ४० मत प्राप्त गरि पराजित भएका छन् भने १ सय २० मत बदर भएको छ ।
सो वडामा कुल ४ हजार ४२ मत रहेको थियो जस मध्ये ३ हजार २ सय ४२ मत खसेको थियो ।





