राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय अध्यक्षले बाकेको कोहलपुरमा चुनाबि सभा लाई आज सम्बोधन गरेका छ्न ।

राप्रपाका अध्यक्ष आउने कुरा १ दिन अघि मात्र थाह भएकाले भने जति अझै पार्टीका कर्याकर्ता लाई भन्न सकिएको थिएन तर पनि हजारौंको संख्यामा नेता कार्यकर्ताको उपस्थितिले हर्षित तुल्याएको राप्रपा कोहलपुर नगर कमिटीका अध्यक्ष अर्जुन जङ शाहले बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल र महामन्त्री डा. धवल सम्शेर राणाको प्रमुख आतिथ्यमा कोहलपुरमा हजारौ संख्याको उपस्थितमा राप्रपाको चुनाबी भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै राप्रका का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले भने “भ्रष्टाचार गरेर खानु आमाको रगत खाए जस्तै हो । मैले एक रुपैया भ्रष्टाचार गरेको प्रमाण ल्याउनु होस म तपाईको नै नोकर बस्न तयार छु । अन्य दलका नेता कार्यकर्ता लाई के भन्छु भने, सबै तिर चुप चाप सातै छाप हलोमा छ्याप छ्याप आदि ।” भन्दै उनले आफ्नो मन्तव्य दिएका थिए भने उनको समर्थनमा ब्यपक हुटिङ र ताली बर्सिरहेको थियो । राप्रपा पार्टीका कार्यकर्ता मात्र नभइ अन्य दलका नेता कार्यकर्ता समेत लिङ्देलको भाषण सुन्न आएका थिए ।

त्यसैगरि डा. धवल सम्शेर राणाले सयौको संख्यामा पार्टी प्रवेश गरेकाहरुलाइ स्वागत गरेका थिए ।

फोटो फिचर

प्रतिक्रिया

सम्बन्धित ख