१३ बैशाख,

बाँके । बाँके जिल्लाको आठ वटै पालिकाको लागि मेयर पदमा ३३ जनाको उम्मेद्वारी परेको छ ।

अर्को पद उपमेयरमा २० जनाको उम्मेद्वारी परेको बाँके जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार, बाँकेमा २३२९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरएका छन ।
मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० जना र उपाध्यक्षमा ३६ जनाको उम्मेद्वार परेको छ ।

यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेद्वारी दर्ता गराएका हुन।

यही बैशाख ३० गते निर्वाचन हुदैछ । गत आइतबार र सोमबार बाँकेको आठ वटै पालिकाका स्थानिय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपुर्णका साथ ¥याली निकालेर उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए ।

आज उम्मेद्वारी विरोधमा उजुरी दिने कार्यतालिका छ । बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बैशाख १५ गते मनोनयन भएका उम्मेद्वारको नामवली प्रकाशन तथा  बैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख