२९ चैत,

बाजुरा । बुढीगंगाा नगरपालिका वडा नं. १ अम्कोटका स्थानिय हिउँदमा भत्किएको घरमा बसोबास गर्दै आएका भए पनि बर्खा लाग्ने बेला भएपछि कहाँ गएर बस्ने भन्ने चिन्तामा देखिएका छन ।

२०६४ सालदेखी अहिलेसम्म पटक पटक बाढीपहिरोको त्रासमा बस्दै आएका सो बस्तीका ११५ घरपरिवार बर्खामा गाँउ छोडेर चौरमा बास बस्ने र हिउँदो लागेपछि सोही घरमा फर्किएर बस्ने गरेका छन । गाउँमाथि र गाउँको तलबाट पहिरो जान सुरु भएपछि उनीहरु बर्खाको समय गाउँ छोडेर सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्दै आएका छन । गाउँमाथिबाट आएको पहिरोका कारण ठुलो भौतिक तथा मानवीय क्षति भोगका अम्कोटवासीले त्यो पीडा अहिलेसम्म भुल्न सकेका छैनन ।

अहिले पनि गाउँ तलबाट पहिरो लाग्न सुरु भएपछि उनीहरु कहाँ गएर बास बस्ने भन्ने चिन्तामा छन । साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने अम्कोट सडक बर्खाको समयमा पहिरोका कारण अवरुद्ध हुने र हिउँदमा त्यसलाई फेरी सञ्चालन गर्दै जाँदा अम्कोट बस्ती नै पहिरोको उच्च जोखिममा पर्ने गरेको सडक डिभिजन कार्यालय अछामको बुझाइ छ । तल नदीले जमिन काट्दै जाने र माथिबाट पहिरो बग्न थालेपछि सडकलाई तलबाट माथि लादैँ गर्दा अहिले अम्कोट बस्ती नै पहिरोको जोखिममा रहेको हो ।

बस्ती स्थानान्तरणका लागि अम्कोटवासीले केही दिन पहिले जिल्ला प्रशासन कार्यालय बाजुराको ध्यानकर्षण गराएका थिए । पुरै गाँउ जोखिममा भयो भनेर अम्कोटवासीले कैयौं पटक सडक अवरुद्ध गर्दै आएका थिए । तर पनि उनीहरुको त्यो पिडा कुनै निकायले बुझिदिएनन । गाउँमा हुने खानेले त कतै केही व्यवस्था गरेर बसे पनि विहान बेलुकीको छाक टार्न नै सकस भएकाहरु भने निकै कठिन जीवन बिताइरहेका छन ।

बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानिय दरिभाने नेपालीले भन्नुभयो खेती गर्ने जमिन त केही वर्ष पहिले नै बगर भइहाल्यो थियो । घर त छ त्यो घरमै बसी मजदुरी गरेर पेट पाल्दै आएका थिए गत बर्खामा त्यो घर पनि पहिरो टुप्पोमा रह्यो । अब कता गएर बास बस्ने भन्ने चिन्तामा छु ।

सयौं पटक घरबासका लागि व्यवस्थापन गरिदिनु भने स्थानिय सरकारलाई हारगुहार गदै आएका भए पनि कुनै सुनुुवाइ नभएको नेपालीले बताउनुभयो । स्थानिय सरकारका रहरका भ्यु टावर ले बढीपहिरो विस्थापितको बाध्यताको बसाइ देखेन नेपालीले भन्नुभयो अब बर्खा लाग्न सरु भयो यही घरमा नबसौं कता जाउँ बसौं कुन रात पहिरोमा पुरिन्छ भन्ने थाहा छैन ।

विस्थापित परिवार मध्य केही पहिरो खस्ने डरमा आफ्न्ताको घरमा बसिरहेका छन । भने केही परिवारको कतै व्यवस्था नभएपछि हिउँदमा आएर त्यही भत्किएको घरमै बास बस्ने गरेका छन । घरको तलबाट पहिरो बग्न थालेपछि आफ्न्ताको बसाइ गरेको पिडित स्थानिय रिनारी नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पहिरो घरको जगमै पुगेपछि आफुहरु बसाइ सारेको हो । गाउँको माथिपट्टि भीर छ र तल भिरालो जग्गा रहेकाले कतिखेर घर खोलामा मिलिने हो थाहा छैन ।’

अघिल्लो वर्षको बर्खामा गाउँ नजिकैको विद्यालय गएर बास बस्यौं, यो पटक त त्यो विद्यालय नै जोखिममा भएपछि कहाँ गएर बस्नुपर्ने हो, निकै चिन्ता लागेको छ, बुढिगंगा नगरपालिका वडा नंं.१ अम्कोटका कल्धरी नेपालीले बताउनुभयो ।
यो पिडा अम्कोटवासीको मात्रै होइन । बुढीगंगा नगरपालिका वडा नं.२ को बजेडी, ताँप्रीसेरा, गुइबन निमानी, बेल्काटिया बसालीलगायतका अन्या बस्तीको पनि साझा हो । स्थानिय सरकारले ती बस्तीलाई अहिलेसम्म सुरक्षित ठाउँमा बसोबास गराउन सकिरहेको छैन । अन्य ठाउँ पनि खासै सुरक्षित नभएकाले जोखिमका बस्तीलाई स्थानान्तरण गर्न निकै समस्या भएको बुढीगंगा नगरपालिका वडा नं. २ का अध्यक्ष हीरा थापाले बताउनुभयो ।

बुढीगंगा नगरपालिकामा दर्जनौं बस्ती बाढीपहिरोको उच्चजोखिम रहेकाले त्यसको व्यवस्थापनमा निकै समस्या भएको बुढीगंगा नगरपालिका १ का कार्यवाहक अध्यक्ष ललित थापाले बताउनुभयो । उहाँले भन्नुभयो ‘वडा नम्बर १ को अम्कोटका मात्र ११५ परिवार विस्थापित छन । वडामा ती परिवारलाई बसाउन सकिने खुला ठाउँ नभएकाले स्थानान्तरण निकै समस्या भएको हो ।’

बजारमा हजारौं घरपरिवार बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ । केही महिना अघि नै गृह मन्त्रालयको अदेश अनुसार जिल्लाको नौ वटै स्थानिय तहमा रहेका विस्थापित परिवारको तथ्यांक संकलन गरेर सम्बन्धित निकायम पठाइसकेको भए पनि अहिलेसम्म त्यसको कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यो सामाचार दैनिक गोरखापत्रमा  प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित ख