
१७ चैत,
बाँके । नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा ४ हजार जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै गरी जम्म ४ हजार कोटा छ ।
त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन ।
योग्यता पुगेका उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।
साथै भर्ना छनौट परिक्षा तथा वियरिंग सम्बन्धी हेरिने बुदाँहरुको विस्तृत विवरण नेपाली सेनाको अधिकारीक वेव साइट www.nepalarmy.mil.np मा गई join the army भित्र recruitment & selection बाट हेर्न सकिने छ ।
विस्तृत जानकारीका लागि तल रहेको Nepal army vacancy मा क्लिक गर्नुहोस् ।






