
१४ चैत,
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा राजनिति गर्नु गलत रहेकोे बताएका छन ।
काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन ।
उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए ।
उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।
यस्तै शिक्षा क्षेत्रमा चरम राजनितिक भएकाले यसको विकास नभएको समेत उनले दाबी गरे ।





