
१३ चैत,
बाँके । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई कमिटीले स्व.नविन्द्र राज जोशीको प्रथम स्मृति दिवसमा कोहलपुरमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस इकाई कमिटीले आईतबार एक कार्यक्रम आयोजना गरी बेलुका ७ बजे बागेश्वरी क्याम्पसको गेटमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको हो ।
बागेश्वरी क्याम्पस इकाई सभापति राम पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै स्व.नविन्द्र राज जोशीको योगदानको बारेमा प्रष्ट पार्नु भएको थियो । उहाँ उद्योग मन्त्री रहँदा औद्योगिक क्षेत्रमा विकासका लागि उदहारणीय काम गर्नु भएको इकाई सभापति पाण्डेले बताए ।
यसैगरी नेवि संघ जिल्ला सभापति पूर्ण आचार्यले स्व. नविन्द्र राज जोशीले १९ वर्षको उमेरमा नेवि संघमा केन्द्रिय सदस्यमाबाट राजनीतिक यात्रा शुरु गरेका बताए ।
कार्यक्रममा क्यामपस इकाई सभापति राम पाण्डे, सचिव उपेन्द्र विष्ट, जिल्ला सभापति पूर्ण आचार्य, विद्यार्थी नेता मनोज ओली, निशा शर्मा, टीका शाही ठकुरी, युवराज विष्ट, मार्शल संजाल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।






