३ माघ,

बाँके । बैजनाथ गाउपालिका वडा नम्बर ३ का निर्बाचित जनप्रतिनिधि वडा अध्यक्ष ब्राउन सुगर सहित पक्राउ परेका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिएको प्रहरी टोलिले बाँके जिल्ला बैजनाथ गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम सरण थारु सहित ४ जना लाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुरज थारु,सुन्दर थारु र धुर्ब थारु रहेको ईलाका प्रहरि कार्यालय कोहलपुरका डिएसपि रबिन्द्र खनालले बाँके अपडेट लाई जानकारी दिएका छन ।थाल मा राखी सेवन गरिरहेको अबस्थामामा फेला परेको प्रहरीले जनाएको छ ।

तर स्थानीय स्रोतको अनुसार थालमा ठूलो परिणाममा ब्राउन सुगर रहेको र प्रहरी आउन साथ फालेको हुदा परिणाम भने थोरै देखिएको हुन सक्ने स्रोतको दाबि छ । सो परिणाम थोरै देखिएका कारण प्रहरीले नछोडोस भन्ने उनको भनाइ छ ।

वडा अध्यक्षले नै स्थानिय युवा लाई लागू औषधमा प्रोत्साहन गर्ने गरेको र उनी एक साधारण प्रयोगकर्ता मात्र नभइ ब्राउन-सुगर डिलर नै भएको स्थानीय एक नेताले बाँके अपडेट लाई बताए ।

प्रहरी मा समेत बारम्बार गुनासो आएको प्रहरी स्रोतले बाँके अपडेट लाई बतायो ।

राजनीतिक रुपमा शक्तीमा रहेका वडा अध्यक्ष लाई राजनीति दबाबको कारण प्रहरीले कार्बाही नगरे प्रहरी विरुद्ध नै आन्दोलन गरिने एक नेताले नाम नबताउने सर्तमा बताए

प्रतिक्रिया

सम्बन्धित ख