२६ पुस,

बाँके । साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

आज बजार १९.४३ अंकले बढेर नेप्से परिसूचक २ हजार ७८४.९५ को विन्दुमा उक्लिएको छ । आज कारोबार रकम ७ अर्ब १२ करोड रुपैयाँ बढीको भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ । आज अन्य समूह सर्वाधिक ५.४८ अंकले उकालो लागेको छ । सर्वाधिक उकालो हुने वित्त समूह, व्यापार समूह, विकास बैंक समूह, जलविद्युत समूह, निर्जीवन बीमा समूह रहेका छन ।

यस्तै लघुवित्त समूह, जीवन बीमा समूह, म्युचुअल फन्ड समूह र लगानी समूह हुन ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१८ प्रतिशतले ओरालो लागेको छ । बैंकिङ समूह ०.८२ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूहमा ०.६६ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख