
३ पुस,
बाँके । बाँकेमा शनिवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका दुई वटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।
उनका अनुसार, संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना रहेका छन्।
योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ४ सय ८९ पुगेको छ । यस्तै शनिबार १ जना डिस्चार्ज भएका छन् ।






