१ मसिंर,

बाँके । काठमाडौंमा बसले ठक्कर दिदा पठाओ स्कुटरका चालक र सवारी दुबै जनाको मृत्यु भएको छ ।

कलंकीको सिता पेट्रोल पम्प नजिक कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा बल्खुबाट कलंकितर्फ आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको भाडावाला बसले ठक्कर दिदा स्कुटारमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युहुनेमा, धादिङ घर भइ अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका स्कुटर चालक रामबहादुर आचार्य रहेका छन् भने बाँके घर भइ अहिले इमाडोल बस्दे आएका ५२ वर्षका यादबकुमार शाह रहेका छन् ।

भाडावाला वस र स्कुटर महानगरीय प्रहरी वृत कालीमाटीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख