
२५ कार्तिक,
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ ।
कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ।
सूचना जारी गरी भएको १५ दिन भित्रमा योग्यता पुगेकाले शैक्षिक प्रमाण पत्र सहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यालय समय भित्र आवेदन दिन सकिने जानकारी गराएको छ ।







