
२५ कार्तिक,
बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना डिस्चार्ज भएका छन ।
भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याव गरी तीन वटा प्रयोगशालामा कोरोना नमुना परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
संक्रमित १५ जना मध्य १० जना बाँके जिल्ला कै रहेका छन भने ५ जना बाहिरी जिल्लाका रहेका छन ।
यो क्रम संगै जिल्लामा अहिले २९ जना संक्रमित रहेका छन । सिकिस्ता ६ जना, मध्यम १४ जना र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।






