
१४ कार्तिक,
राष्ट्रिय वाणिज्य बैंकमा आठ सयभन्दा बढी संख्यामा आवेदन खुलेको छ । बैंकमा वरिष्ठ प्रबन्धक देखी सहायक सम्मको विभिन्न पदमा आठ सय ३५ जनाको लागि आवेदन खुलेको हो ।
बैंकका अनुसार २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो ।
लिखित परीक्षा भने लोकसेवा आयोगले सञ्चालन गर्नेछ । अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ।
यस बैंकमा अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचना जनाइएको छ ।







