११ कार्तिक,

आइसिसी वुमन्स टी–२० विश्वकप प्रतियोगिताका लागि खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । अर्को महिना युएईमा हुने खेलमा सहभागि हुने नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो ।

उक्त टिममा टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन । त्यसैगरी सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ ।

मंसिर ४ देखि १० सम्म हुने आइसिसी वुमन्स टी–२० विश्वकपको एसियाली छनौटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ, मलेसियासँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख