१० कार्तिक,

कैलाली । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुुनाएको छ ।

धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला र एक जनालाई सफाइ दिएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

हत्या अभियोगमा पक्राउ परेका धनगढीका मटर व्यापारी राजिव गुप्ताले सफाई पाएका हुन ।

जन्मकैदको सजायहुनेहरुमा, धनगढी उपमहानगरपालिका वडा नं.१० का ३५ वर्षीय सुुकबहादुर राना भनिने अमर राना, २३ वर्षीय पर्कु भनिने रोहित राना, सोही ठाउँ बस्ने अर्का रोहित राना, ३० वर्षीय सुरेश राना, २० वर्षीय राजेन्द्र राना, गब्बर भनिने २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र धनगढी उपमहानगरपालिका–११ बस्ने गोपाल भनिने २५ वर्षीय रामगोपाल रानालाई जन्मकैदको फैसला भएको छ ।

गत वर्षको कात्तिक १ गते तस्करी नियन्त्रणमा खटिएका बेला मटर तस्करको समूहले प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरेर शव नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा फालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख